सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने कुरा स्वीकार गरेको छ ।

विश्व बैंकले नेपालको आर्थिक बृद्धि दर १.५० प्रतिशतसम्म तल झर्नसक्ने प्रक्षेपण गरेको केही दिनपछि केन्द्रीय तथ्थांक विभागले २.२७ प्रतिशत आर्थिक बृद्धि दर हुने प्रक्ष्ेपण सार्वजनिक गरेको हो ।

देशमा फैलिएको कोरोना संकट र लगातारको लकडाउनका कारण आर्थिक बृद्धि दरमा ब्यापक गिरावट आउने सरकारले स्वीकार गरेको हो । गत बर्ष ६.७ प्रतिशतको आर्थिक बृद्धि दर हाँसिल भएकोमा यस बर्ष ७.१ प्रतिशतमा उक्लिने प्रक्षेपण सरकारले गरेको थियो तर कोरोना संक्रमणको कारणले आन्तरिक उत्पादन र आर्थिक गतिबिधि संकुचित बनेकाले आर्थिक बृृद्धि दर सोचेको भन्दा निकै तल हुने नयाँ प्रक्षेपण गरिएको हो ।

विभागको प्रक्ष्ेपण अनुसार देशको अर्थतन्त्र ३२ खर्ब ९ अर्बको हुने आँकलन गरिएको छ ।

देशको अर्थतन्त्रमा २७ प्रतिशतको हिस्सेदारी रहेको कृषि क्षेत्रको वृद्धिदर पनि खुम्चिदा आर्थिक बृद्धि दरमा सीधा असर परेको हो । त्यसैगरी पर्यटन क्षेत्रमा दुरगामी असर पर्ने विभागको प्रक्षेपण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here