अर्थ मन्त्री डा. युवराज खतिवडाले आज आर्थिक वर्ष २०७४–०७५ को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्नु हुने भएको छ । संसदको आज अपरान्ह बस्ने वैठकमा अर्थमन्त्री खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्न लाग्नुभएको हो ।

नयाँ बजेट पेश गर्नुअघि सरकारले आर्थिक सर्वेक्षण पेश गर्ने परम्परा रहेको छ । आर्थिक सर्वेक्षणमा अर्थतन्त्रका मूख्य सूचकांकहरु देखाइन्छ । मूख्य गरी चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा कसको कति योगदान रहेको छ भन्ने विषयमा सर्वेक्षण केन्द्रीत रहने गर्दछ ।

त्यस्तै सरकारी संस्थानहरुको यथार्थ चित्रण पनि आर्थिक सर्वेक्षणमा गरिन्छ । चालु आर्थिक वर्षको सर्वेक्षणमा आधारित रहेर आगामी आर्थिक वर्षको लक्ष्य निर्धारण गर्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here