कोरोनाभाईरस संक्रमण फैलिन नदिन सरकारले जारी रहेको लकडाउनलाई थप कडाई गर्दै मानवीय आवागमनलाई कडा पार्ने निर्णय गरेको छ ।

जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको हो ।

शनिबार साँझ बसको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा आवागमन रोक्नु नै सही उपाय भएको ठहर गरेको छ ।

कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म लकडाउनको अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा समन्वायत्मक भुमिका खेल्न आब्हान गरिएको छ ।

कोरोना संक्रमितहरु देखिएका कैलाली, कञ्चनपुर र बाग्लुङमा छिटो विधिबाट सम्भाव्य व्यक्तिको ‘¥यापिड टेष्ट’ को प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

कोभिड– १९ को दू्रत प्रक्रियाबाट परीक्षण गरी त्यसका आधारमा सङ्क्रमितको शङ्का भएका व्यक्तिलाई ‘पिसिआर’ विधिबाट थप परीक्षण गरिने नीति अख्तियार गरिने भएको छ ।

सरकारले स्वास्थ्यकर्मीलाई पूर्णरुपले सुरक्षित गराएर उपचारमा लगाउने, त्यसमा बाधाव्यवधान उत्पन्न गराउने, सुरक्षामा खलल पु¥याउने र स्वास्थ्यकर्मीको सुरक्षामा आँच पु¥याउन खोज्ने कुनै पनि व्यक्तिलाई प्रचलित कानूनबमोजिम कडा कारवाही गर्ने निर्णय भएको छ ।

स्वास्थ्यकर्मीलाई असुरक्षित हुन नदिनेतर्फ स्थानीय प्रशासनदेखि सबै तहका सरकारले सुरक्षाको व्यवस्था मातहतका निकायहरुलाई निर्देशन दिईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here