२०७४ दशै अघिको सेयर बजार लगानीकर्तामा आशाको किरण छरेर बन्द भएको छ । दशैं बिदा हुनुभन्दा अघिको अन्तिम दिनको सेयर कारोबारमा केही कम्पनीहरुको सेयर मूल्य बढ्दा समग्र सूचक पनि चार अंकले उकालो लागेको छ ।

३२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा साना कम्पनीहरुको सेयर मूल्य बढेको छ भने मूल्य धेरै घट्नेमा पनि त्यस्तै कम्पनीहरु छन् । अघिल्लो साता अचाक्ली सेयर मूल्य बढाईएको बिशाल बजार कम्पनीको सेयर मूल्य भने झण्डै १० प्रतिशतले ओरालो लागेको छ ।

दशैको माहौलले छोप्दै गर्दा सेयर बजारमा कारोबार रकम घटेर जानु स्वभाविक हो । यस्तो अबस्था अघिल्ला दशैहरुमा पनि देखिएकै थियो । अब दशैपछि सेयर बजार के होला भन्ने चासो चाँही महत्वपूर्ण हुनसक्छ ।

दशै सकिएपछि अब बजार असोज १७ गते खुल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here