तिलक कोइराला ।
नेपालमा अहिलेसम्म कति प्रधानमन्त्री र मन्त्रीहरु भए तिनीहरु सबैको सायद कसैले संझना गरेका होलान् तर यसपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरुबाट भने जनताले अभूतपूर्व आशा गरेका छन् ।
यसो हुनुमा गएको चुनावमा चर्का कुरा गरेका, केही गर्ने हुटहुटी र अनुभव समेत भएका नयाँ अनुहारहरु ठूलो संख्यामा मन्त्री बनाईनु नै हो । स्वयं प्रधानमन्त्री प्रचण्ड यसअघि नै टेष्टेड र दुर्नाम कमाएका भए पनि यसपालि जनताले उनबाट फरक आशा गरेका छन् । मन्त्रिपरिषदमा सहभागी दलहरु र संरचनाको कारणले समेत यसअघि उनले जति मनमौजी गरेका थिए, यसपल्ट त्योे गर्न संभव छैन र जनचाहना अनुसारको काम गर्नेपर्ने बाध्यता छ, नत्र आफ्नो पद क्षणभरमा धरासायी हुनसक्छ ।
विगतमा पटक पटक परीक्षण भएका थोरै अनुहार र केही गर्छौ भनेर जनतामा गएका र चुनिएर आएका नयाँ अनुहार धेरै भएकाले यो मन्त्रिपरिषदप्रति जनताको अपेक्षा बढी देखिएको हो ।
जनताले यो सरकारबाट चाहेको सेवा प्रवाहमा शिघ्रता र सुधार नै हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेल अर्थतन्त्रको ज्ञाता र बिषयबिज्ञ नभए पनि उनीप्र्रति धरमराएको अर्थतन्त्र, पूँजी बजार र निजी क्षेत्रले ठूलो आशा लिएको छ । बिषयबिज्ञहरुको सल्लाहमा उनले राम्रो काम गरेनन् र विचौलियाहरुको कमिशन असुलको गोटी मात्र बनिरहे भने बालुवाटार काण्डको भुत सवार भएर बदनामीको पुनराबृत्ति हुनसक्छ ।
उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ गफ मात्रै चर्का गर्ने हुन् कि ब्यवहारमा पनि खरो रुपमा उत्रिएर केही गरेर देखाउँछन् भन्ने परीक्षा अब शुरु भएको छ । केही दिन अघि मन्त्री नियुक्त हुँदा बरिष्ठता पुगेन भनेर मन्त्रालय जान ढिलाई गरेका यिनी आडम्बरी हैनन् भनेर प्र्रमाढित गर्ने चुनौति छ ।
अर्का उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई विवादको घेराबाट आफ््नो कडा भाषण र पत्रकारिता गर्दाको छवीलाई ब्यवहारद्धारा प्रमाणित गरेर जनअपेक्षा पुरा गर्ने अवसर आएको छ । यो मन्त्रिपरिषदमा सबैै भन्दा धेरै अपेक्षा गरिएका ब्यक्ति पनि उनै हुन् । देशमा स्वच्छ प्रशासनद्धारा शीघ्र सेवा प्रदान गर्ने र पीडितलाई न्याय दिलाउने अहंम भुमिका खेल्ने कि आफै बदनाम भएर जाने भन्ने चुनौति उनका अगाडि खडा छन् । यसबाट उनी मात्रै हैन, उनको राष्ट्रिय स्वतन्त्र पार्टीको अस्तित्व पनि समाप्त भएर जानेछ । त्यसैले स्टन्टबाजीले चन्दैन भनिएको हो ।
सबैभन्दा धेरै अपेक्षा गरिएका मध्ये दोस्रो ब्यक्तिमा उपप्रधानमन्त्री राजेन्द्र लिंदेन हुन । भ्रष्टाचार गर्नु आमाको रगत खानुु सरह हो भनेर शपथ खाएका लिंदेनले भ्रष्टाचारले जेलिएको उर्जा मन्त्रालयको जिम्मेवारी लिएका छन्् । उर्जा क्षेत्रमा रहेका बेथिेतिहरु समाधान गरेर उनी सफल भएनन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको हैसियतले उनी मात्रै हैन, पुरै पार्टीकै प्रतिष्ठा समाप्त हुनेछ । पुराना पन्चहरुको पार्टी भनिने राप्रपालाई नयाँ रुपमा ब्राण्डिड. गर्ने उनको सपना पनि ध्वस्त हुुने छ ।
सन्चारमन्त्री रेखा शर्मा अनुभवका हिसावले नयाँ भए पनि यस क्षेत्रलाई कसरी नेतृत्व गर्छिन भन्ने कुरा पूर्व आँकलन गर्न सकिदैन ।
शहरी बिकासमन्त्री बिक्रम पाण्डे स्वयं ठूला ठेकेदार भएको र उनले ठेक्का लिएका कयौं आयोजनाको काम समयमा पुरा नभई बदनाम समेत रहेकाले उनलाई अब मन्त्री र ठेकेदार दुबै रुपमा सफल भएर आफ्नो बदनामीको दाग पखाल्नुपर्ने बाध्यता छ । विकास निर्माणको काममा कहाँ कमजोरी र भ्रष्टाचार छ भन्ने कुरा भित्रैदेखि बुझेका पाण्डेलाई सुधारका लागि चुनौति र अवसर दुबै छ । यसर्थ उनलाई शंकाको लाभ लिनसक्ने छुट छ, त्यसैले उनले अब ठेकेदार विचौलियाको भुमिकाबाट बाहिर आएर बिज्ञ मन्त्रीको रुपमा काम गरेर देखाउनुपर्छ ।
कृषिमन्त्री ज्वालाकुमारी साह, उद्योगमन्त्री दामोदर भण्डारी, भुमि ब्यवस्था सहकारी मन्त्री राजेन्द्रकुमार राई र खानेपानी मन्त्री अब्दुल खानको बिषयविज्ञता खुलेको छैन तर सहकारी क्षेत्रमा फैलिएको आतंक र बेथितिलाई नियन्त्रणमा लिन मन्त्री राईमाथि ठूलो चुनौति छ । सहकारी क्षेत्रमा अहिले देखिएको भागदौड तत्काल नियन्त्रण हुनैपर्छ, नत्र त्यसले अर्थतन्त्रलाई गंभीर धक्का दिनेछ ।
राष्ट्रिय सभामा खरो भाषण गर्ने विमला राई पौडेलको बिज्ञता परीक्षण अव परराष्ट्र मन्त्रालयमा हुनेछ । नेपाल भुराजनीतिक लडाईको केन्द्र बन्दै गएको अबस्थामा उनले खेल्ने भुमिका उत्तर र दक्षिणी दुई छिमेकीसँग गर्ने ब्यवहार र महाशक्ति अमेरिकासँगको सम्बन्धी सुधार तथा बिस्तारमा केन्द्रित गर्नुपर्ने आबश्यकता छ । त्यसमा उनी अलिकति पनि चुुकिन भने देशले नै ठूलो क्षति ब्यहोर्नुपर्ने छ ।
पर्वतेली जनताले पटक पटक पत्याएका र युवा जोश जाँगर भएका पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जस्तो जनताको प्रत्यक्ष दुख पीडा समाधान गर्ने राज्य संयन्त्र हात लागेको छ । राज्य मन्त्री डा. तोसिमा कार्कीसँग समन्वयमा उनी सफल भएरै देखाउनु राजनीतिक जीवनका लागि महत्वपूर्ण हुने छ । डा. कार्कीको बिषय बिज्ञता मन्त्री गिरीको सफलताको आधार हुनसक्छ, त्यसको सदुपयोग गर्न उनी चुक्नुहुन्न ।
फरवार्ड लघुवित्तलाई सफलताको शिखरमा चढाएर विजय गच्छदारलाई पराजित गर्नु भएकी भगवती चौधरीको परीक्षण अब महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको सेवामा हुनेछ । सामाजिक सेवामा उनले हासिल गरेको अनुभव अब आफ्नै मन्त्रालयमा सदुपयोग गरेर उदाहरण प्रस्तत गर्ने अवसर उनलाई छ ।
रक्षा मन्त्रालयकोे काम खासै जनतासँग प्रत्यक्ष सम्बन्धित नरहने गरेकोमा अब हरिप्रसाद उप्रेतिले नेपाली सेना र रक्षा सम्बन्धलाई कसरी जनमुखी बनाउँछन् र सेनालाई ठेक्का, भ्रष्टाचार र हाकिमी परम्पराबाट जनसेवामा जोड्छन् भन्ने चासो स्स्वभाविक रुपमा उत्पन्न हुन्छ । कि उनी पनि सेनाको ठूला ठूला बदमासीका साक्षी मात्र बनेर बाहिरिन्छन् ?
सुदन किरातीका लागि मन्त्री पद नौलो हो तर भोजपुरे जनताका लागि त्यो नौैलो पद भएन किनभने यसअघि पटक पटक त्यहाँका साँसदहरुले यो पर्यटन मन्त्री पद सम्हालेका छन् । देशमा कमजोर बनेको पर्यटन गतिविधिलाई उकास्ने काममा उनले बिषयविज्ञको सहयोगमा धेरै काम गर्नुपर्नेछ ।
संसदमा कुर्सी काण्ड मच्चाएर चर्चामा आएका अमनलाल मोदीलाई संघीय ब्यवस्था र सामान्य प्रशासनमन्त्रीको भुमिका कुशलतापुर्र्वक निभाएर भ्रष्ट कर्र्मचारीतन्त्रलाई सुधारेर जनसेवामा लगाउनुपर्ने चुनौति छ । कर्मचारीतन्त्रलाई सुधार्न सकिएन भने यो सरकार पनि असफल हुनेछ ।
धु्रबहादुर प्रधान सुरक्षा बिषयमा अनुभवी र विज्ञ भए पनि कानून मन्त्री भएकाले नीति निर्माण तहमा राम्रै गर्नसक्छन् ।
मन्त्रीहरुमा सबैभन्दा धेरै अपेक्षा गरिएका र बिषय बिज्ञ समेत भएकाले शिक्षामन्त्री शिशिर खनाल आफै परीक्षाको केन्द्र्रमा छन् । विगतमा टीच फर नेपाल जस्तो सरकारी विद्यालय सुधार अभियान संचालन गरेर अनुभव हासिल गरेका खनाललाई नेपालको गएगुज्रेको शिक्षा क्षेत्र सुधार्ने महान अवसर प्राप्त भएको छ । नेपालका सामुदायिक विद्यालयहरुको समस्या बुझेका खनाललाई शिक्षा क्षेत्रमा डोजर लगाएर गुणस्तर सुधार गर्न बाटो खुल्ला भएको छ । यसका लागि उनले राजधानीको रानीपोखरी डिलको दरबार हाईस्कुल सुधारबाट आफ्नो काम थालुन् ।
अर्को धेरै अपेक्षा गरिएको मन्त्रालय श्रम तथा रोजगार हो । मानिस विदेश काम गर्न पठाउने हैन, विदेशबाट नेपाल बोलाउने हो भन्दै भााषण गरेका रवि लामिछानेको पार्टी रास्वपााका उपाध्यक्ष डोलप्रसाद अर्याललाई स्वदेशमै रोजगारी सिर्जनाका साथै बैदेशिक रोजगारीमा रहेका यावत बेथितिहरुको समूल अन्त्यको कार्यभार रहेको छ । यसमा उनी चुके भने रास्वपा नै बदनाम हुनसक्छ । दलाल र विचौलियाहरुको चंगुलमा परेर उनी हल न चल नहोेउन । यद्यपी उनी बैदेशिक रोजगार बिषयविज्ञ र ब्यवसायी समेत हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड््डयन राज्यमन्त्री सुशीला श्रीपाली र उर्जा राज्यमन्त्री दीपक सिंहको सफलता वा असफता सम्बन्धित मन्त्रीहरुकैै कार्यशैली र ब्यवहारसँग जोडिएको छ, थप अपेक्षा गर्नु उचित हुन्न ।
मन्त्री हुनु, दौरा सुरुवाल सारी लगाएर बधाई थाप्दैै नयाँ गाडी चढ्नु र झण्डला हल्लाउँदै प्रहरी स्कटिड.मा सिंहदरबार गएर दुई चार वटा फाईलमा हस्ताक्षर गरी भत्ता बुझ्नु सफलता हैैन, जनता र देशको हितमा युगान्तकारी काम गर्नु नै सफलताको हो ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रको जनआधार पुर्नजिवित गर्ने कि नगर्ने मात्रै हैन, बैकल्पिक राजनीतिक धारलाई स्थापित गर्ने कि समाप्त गर्ने भन्ने कुरा पनि यो मन्त्रिपरिषदका सदस्यहरुको काम कारबाही र सफलतामा निर्भर हुनेछ ।
यसरी हेर्दा प्रचण्ड सरकारका मन्त्रीहरुबाट कस्तो कार्य सम्पादन हुन्छ भन्ने कुरा आगाी तीन महिना भित्र थाहा भईहाल्ने भएकाले त्यसपछि आलोचना वा हाईहाई गर्ने कुराको बाढी आउने हुँदा अहिले थप टिप्पणी गर्नु उचित हुन्न । बधाई अहिले नदिऊँ, सबैलाई सफलताको शुभकामना ।