ठूला कर्जा तथा ग्यारेन्टीहरुमा फसेर यसअघि नराम्रो अबस्थामा पुगेको नेपाल ईन्भेष्टमेन्ट बैंक कोरोना संकटकै बीचमा दुई अर्ब भन्दा बढी रकम नोक्सानी ब्यवस्था गर्नुपर्ने बाध्यताबाट बचेको छ ।

तनहुँ जलविद्युत् आयोजनाका लागि इटालीको इन्टेसा सानपाओलो बैंकको तर्फबाट सीएमसीको काउन्टर ग्यारेन्टी बसेको नेपाल इन्भेष्टमेन्ट बैंकले मुद्धा जितेपछि दुई अर्ब रुपैयाँ यही असार मसान्तमा नोक्सानी ब्यवस्था गर्नुपर्ने बाध्यताबाट मुक्त भएको हो ।

तनहुँ जलविद्युत् आयोजनाको ठेक्का तोडेर भागेको इटालियन निर्माण कम्पनी कोअपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी)को पर्फमेन्स ग्यारेन्टी भुक्तानीसम्बन्धी मुद्दा इन्भेष्टमेन्ट बैंकले जितेर सो रकम फिर्ता आउने पक्का भएको छ ।

नेपाल ईन्भेष्टमेन्ट बैंकलाई रकम तिर्दिन भनी सिएमसीले ईटलीमा हालेको मुद्दामा उसले अन्तिम हार ब्यहोरेको छ । इटालीको बोलोङ्नास्थित ट्राइब्युनल डे बोलोङ्नामा तीनजना न्यायाधीशको पूर्ण इजलासले नेपाल इृन्भेष्टमेन्ट बैंकलाई पैसा तिर्नुपर्ने भन्दै फैसला गरिदिएपछि पैसा फिर्ता आउने पक्का भएको हो । राष्ट्र बैंकले रकमलाई संभावित नोक्सानी ब्यवस्थामा राख्न दबाब दिदै आएको थियो, तर बैंकले मुद्धा हालिएकाले रकम प्रोभिजन नपर्ने दावी गर्दै आएको थियो ।

ईन्भेष्टमेन्ट बैंकले दुई अर्ब दुई करोड रकम फिर्ता पाउन ईटलीको इन्टेसा सानपाओलो बैंकलाई पत्र लेखिसकेको जनाएको छ । यसरी ुमद्धा जितिएको रकम पाँच दिन भित्र सम्बन्धित बैंकले भुत्तानी गर्नुपर्ने नियम रहेको बताईन्छ ।

काउन्टर ग्यारेन्टी बसेको रकम फिर्ता आउने भए पनि सीएमसीलार्ई मेल्म्ची आयोजना निर्माणको क्रममा दिएको एक अर्ब कर्जा रकम असुली बारे भने अझै अन्योल छ । सो रकम मध्येको ५० प्रतिशत ईन्भेष्टमेन्ट बैंकले नोक्सानी ब्यवस्था गरे पनि अझै ५० करोड रुपैयाँ राख्नुपर्ने बाध्यता छ ।

यस बर्षकाो तेस्रो त्रैमासको बित्तीय विवरण अनुसार ईन्भेष्टमेन्ट बैंकको निस्क्रिय कर्जा अनुपात २.६७ प्रतिशत छ । यसले २४ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here