पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले ईलामका आयोजना प्रभावित जनताका लागि साधारण शेयर निष्कासन अनुमति पाएको छ ।

कम्पनीले ईलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजनाका प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत शेयर निष्कासन गर्न अनुमति पाएको हो ।

इक्रा नेपालले उसको साधारण सेयर निश्काशनलाई ग्रेड फोर रेटिड. दिएको छ । यसले कम्पनीमा लगानी गर्दा मध्यमस्तरको जोखिम रहेको देखाउँछ ।

एक सय अङ्कित ११ करोड बराबरको ११ लाख कित्ता शेयर निष्कासन गर्न बोर्डले स्वीकृति दिएको छ ।

आयोजना प्रभावितले सेयर पाएपछि अर्को १० प्रतिशतले हुने ११ लाख कित्ता सेयर सर्बसाधारणमा आउनसक्छ र्। ुुाधारणमा सेयर बिक्री गरेको तीन बर्षपछि मात्र संस्थापक र स्थानीयबासीले साधारण सेयर सरह दोस्रो बजारमा बक्रिी गर्नसक्नेछन । कम्पनीको जारी पूँजी ९९ करोड रहेको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र सनराइज क्यापिटल रहेका छन् । कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ ले गत असारबाट विद्युत् उत्पादन थालेको हो भने १२ मेगावाटको माथिल्लो माईले पहिलेदेखि नै बिद्युत उत्पादन गर्दै आएको छ ।

आयोजनाको बिद्युत निर्माण लागत १८ करोड ४० लाख रुपैयाँ रहेको ईक्रा नेपालको प्रतिबेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here