बिद्युतीय भुक्रानी सेवा प्रदायक ईसेवाको समूह एफ वान सफ्टमा आबद्ध कम्पनी सिरान टेक्नोलोजिजले काठमाडौप्रेस डटकममा प्रबाह भएको कोरोना उपचार सामाग्री खरिदमा भएको घोटाला सम्बन्धी समाचार हटाएकोमा गल्ति स्वीकार गरी माफी मागिसकेको छ ।

काठमाडौप्रेस डटकमको वेव डेभलपर सिरान टेक्नोलोजिजले नक्कली एडमिन आईडी तयार पारेर कोरोना उपचार सामाग्री घोटालामा उपप्रधानमन्त्री, स्वास्य मन्त्री, प्रधानमन्त्रीका सल्लाहकारहरु र ईसेवाका संचालक तथा प्रधानमन्त्रीका प्रविधि सल्लाहकार अस्गर अलीको संलग्नता रहेको भन्ने समाचार हटाईदिएको थियो ।

त्यसविरुद्ध काठमाडौं प्रेसका सम्पादकले आपुत्ति जनाएपछि फेरि सिरान टेक्नोललोजीले समाचार पुनस्र्थापित गरेर बक्तब्य जारी गरेर माफी मागेको थियो ।

ईसेवाका संचालक तथा प्रधानमन्त्रीका प्रविधि सल्लाहकार अस्गर अलीका बारेमा धेरै प्रश्न उठेर ईसेवाले प्रदान गरिरहेको डिजिटल भुक्तानीकै बिस्वसनियतामाथि प्रश्न उठेपछि उसले बक्तब्य जारी गर्दै फेरि झुट बोलेको छ ।

कसैको पनि हसताक्षर नभएको र छाप समेत नलागेको बक्तब्य जारी गर्दै ईसेवाले भनेको छ, समाचार हटाईएको अनलाईन पोर्टल र ईसेवाको कुनै सम्बन्ध नरहेको अबस्थामा नियोजित रुपमा ईसेवामाथि निरन्तर प्रहार गर्ने कार्य कुनै प्रकारले न्यायोचित छैन ।

ईसेवाले गरेको यो खण्डन सिधै झुट किन ठहर्छ भने ईसेवा एफ वान सफ्ट समूह अन्तर्गतको एउटै घरानाको कम्पनी हो, जसमा सिरान टेक्नोलोजी पनि पर्छ । यी सबै कम्पनीका संचालक अस्गर अली हुन् ।

हेर्नुहोस् ईसेवाको वेवसाईटमा राखिएको यो विवरणः

 

एउटा मामूली समाचार अनलाईनले राखेको प्रधानमन्त्री कार्यालयका सल्लाहकार मुछिएको समाचार सिरान टेक्नोलोजिजले नक्कली एडमिन आईडी तयार गरी हटाउँदा त्यही समूहको स्वामित्व रहेको ईसेवाको विस्वसनियतामाथि प्रश्न उठ्नु स्वभाविक छ ।

ईसेवाका संचालकहरुले एउटा गल्ती छोप्न अर्को गल्ति गर्नु भनेको उसको विस्वसनियतामाथि प्रश्न अरु गहिरिएर उठ्नु स्वभाविक हुनजान्छ । राष्ट्र बैंकबाट स्वीकृति लिएर बित्तीय कारोबार गर्ने र ठूला बैंकहरुको खर्बौको बित्तीय डाटामा सिधा पहुँच कायम गरेको कम्पनीले यसरी झुट बोल्न मिल्दैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here