बार्षिक १०.३५ प्रतिशत ब्याजदर अर्धबार्षिक रुपमा प्रदान गर्ने गरि कृषि विकास बैंकले ७ बर्षे परिपक्व अवधि भएको ऋणपत्र निष्काशन गर्न लागेको छ ।

बैंकले एक हजार अंकित दरका २५ लाख कित्ता अर्थात २ अर्ब ५० करोड रुपैयाँको ऋण्पत्र आँउदो माघ १४ गते देखि निष्काशन गर्न लागेको छ । सो ऋणपत्र २०८३ मा परिपक्व हुनेछ ।

अन्य बैंकहरुले १०.२५ प्रतिशत मात्र ब्याज प्रदान गरिरहेको अवस्थामा एडिबिएलले भने १०.३५ प्रतिशत ब्याज दिने भएको छ ।

ऋणपत्रमा छिटोमा माघ १७ गते तथा ढिलोमा फागुन १४ गते सम्म आवेदन दिन सकिनेछ।

१० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री हुनेछ भने बाँकी १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिनेछ । ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलए’ रेटिङ्ग प्रदान गरेको छ ।

ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन गर्न पाउनेछन् । ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने छ।
बैंकको बिक्रि प्रबन्धक तथा निष्काशनकर्ता एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here