रुपन्देहीको सिद्धार्थनगरमा मुख्य कार्यालय रहेको उन्नति माइक्रोफाइनान्सले २० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेर कम्पनीको चौथो बार्षिक साधारणसभा आब्हान गरेको छ ।
कम्पनीले माग २६ गते आब्हान गरेको साधारण सभामा बोनश वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत अर्थात ५ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव लैजान लागेको हो ।
साधारणसभामा कम्पनीले साढे ४० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ ।
माइक्रोफाइनान्सको माग १६ गते बुकक्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन ।
त्यस्तै सभाबाट माइक्रोफाइनान्सले उपयुक्त वित्तिय संस्थाहरुसँग मर्जर तथा एक्वीजिसनमा जान सञ्चालक समितिलाई सम्पुर्ण अख्तीयार प्रदान गर्ने भएको छ ।
हाल साढे ५ करोड चुक्ता पुँजी रहेको कम्पनीको बोनश वितरणपछि चुक्ता पुँजी ८ करोड ८२ लाख रुपैयाँ पुग्नेछ ।