जनस्तरबाट ब्यापक आलोचना भएपछि उपप्रधानमन्त्री ईश्वर पोख्रेल नेतृत्वको कोरोना नियन्त्रण समिति राजधानीबाट बाहिर जानेहरुलाइै भोलि र पर्सी यातायात खोल्ने निर्णयबाट बहादुरीसाथ पछि हटेको छ ।

Photo: RSS

बैसाख ३ गतेसम्म देशब्यापी लकडाउन कायम रहेको बेला समितिले बिहीबार भोलि र पर्सी बाहिर जान खोज्नेहरुलाई यातायात खाल्ने निर्णय गरेर लकडाउन उल्लंघन गराउँन खोजेको थियो । यसरी आवागमन खोल्दा कोरोना संक्रमणको संभावना झन् बढ्ने भन्दै जनस्तरबाट विराध भएपछि कुनै निर्णय नभएको भन्दै समिति पछि हटेको हो ।

‘ कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोख्रेलले बक्ब्तय जारी गरी निर्णय नभएको बताएका छन् ।

पोख्रेलले भनेका छन्, “भोली र पर्सी २८ र २९ चैत्र , २०७६ ० काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ । यस किसिमको कुनै निर्णय नभएको , कोभिड(१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ९ लक डाउन ० लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ १रु जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।”

राजधानीमा राहत वितरण प्रभावकारी नभएपछि दैनिक ज्यालादारी र श्रमिकहरु खान नपाएर भोकभोकै पर्नु परेको भन्दै पैदल हिडेर जिल्लातर्फ गईरहेका छन् । उनीहरुलाई बसेकै ठाउँमा राख्ने गरी राहत वितरणको बन्दोबस्ती गर्नुको बदला झन् बाहिर जान दिने निर्णय गरिएपछि सरकारको आलोेचना भएको थियो । निर्णयको आधिकारिक विवरण बाहिर आउनु अघि नै आलोचना भएपछि समिति पछि हटेको छ ।

समितिको गलत निर्णयबारे समाचार बाहिर आउने बित्तिकै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दुई दिन उपत्यका बाहिर जान दिनु गलत हुने भन्दै आलोचना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here