नेपाल स्टक एक्सचेन्जमा एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले बैंकको शेयर मूल्य ३७५ बाट समायोजन गरेर प्रति कित्ता ३२० रुपैयाँ कायम गरेको छ।

बैंकले प्रस्ताव गरेको १७.१० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।
लाभांश पारित गर्न बैंकले यही चैत २० गते साधारणसभा डाकेको छ ।

सभामा बोनस सेयर वितरणपछि कायम हुने आउने चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित हुनेछ।

बैैंकले लाभांश प्रयोजनका लागि चैत ७ गतेदेखि २० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here