एसियाली विकास बैंकले दुधकोशी जलाशययुक्त आयोजनामा ६० अर्ब ऋण लगानी  लगानी बढाउने भएको छ ।


उक्त ६ सय ३५ मेगावाटको आयोजनामा  एडिबिले प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत प्राधिकरणले अघि बढाएको आयोजनामा करीब एक खर्ब ६० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । सोही अनुमानलाई आधार मान्ने हो भने प्रतिमेगावट २५ करोड १९ लाख रुपैयाँ लाग्ने छ ।

एडिबिले ६० अर्ब रुपैयाँ लागेपनि बाँकि लगानीको लागी विश्व बैंक, एसियाली पुर्वाधार लगानी बैंक, जाइका, डिएफआईडी, युएसएड लगायतका संस्थाहरुसँग प्राधिकरणले छलफल अघि बढाएको छ ।

राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिने सो आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको छ । यो आयोजनाले राष्ट्र विकासमा कोशेढुङ्गा सावित हन सक्ने छ । उक्त आयोजनाका लागि विभिन्न दातृ निकाय तथा वित्तीय संस्थाहरु सँग अर्थ मन्त्रालयले व्यापक छलफल अघि बढाएको छ तर हालसम्म कुनै संस्थाहसँग सम्झौता भने भएको छैन ।

दुधकोशी जलाशययुक्त आयोजनाको पहिचान सन १९८५ मा जाइकाले गरेको कोशी जलधार क्षेत्रको अध्ययनबाट भएको थियो । जापानी सहयोगी निकाय जाईकाको सन् २०१४ को अध्ययन अनुसार नेपालका १० ठुला जलाशययुक्त आयोजनामध्ये पहिलो स्थानमा राखेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here