काठमाडौ । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर बितरण गरेर दशैं अगाडि नै महाुर हंसिलो बनाउने भएको छ ।

उसले बोनस बितरण र साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता किताब बन्द हुनु अघि बिहीबार अन्तिम कारोबार गरेको छ । अब सेयर किन्नेले उसले प्रस्ताब गरेको बोनस प्राप्त गर्नसक्ने छैनन । बोनस बितरण र भदौ ३० मा बोलाएको साधारण प्रयोजनका लागि एनआईसी एशिया बैंकले शुक्रबार सेयरधनी पुस्तिका बन्द गर्दैछ ।

चुक्ता पूँजी छ अर्ब ६९ करोड रहेको एनआईसी एशियाले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २२ रुपैँया कायम गरेको थियो । बोनस बितरणपछि उसको पूँजी आठ अर्ब २ करोड रुपैँया पुग्नेछ ।

अन्य बाणिज्य बैंकहरु भन्दा धेरै अगाडि बढेर दशै अगाडि नै साधारण सभा गरी बोनस बाँड्न लागेको एनआईसी एशिया कारोबार र शाखा बिस्तारमा पनि आक्रामक बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here