शाखा र कारोबार बिस्तारमा तीब्र प्रगति गरेको एनआईसी एशिया बैंकले दोस्रो त्रैमाससम्मको अवस्था हेर्दा आफुलाई खरो रुपमा प्रतिस्पर्धामा उतार्न सफल भएको छ ।
एक खर्ब ७५ अर्बको निक्षेप र २७० शाखा संजाल खडा गरेर बैकिड. क्षेत्रमा उदाहरण पेश गरेको एनआईसी एशियाले खुद नाफामा पनि त्यस्तै बढोत्तरी गरेको छ ।
बैंकका सबै सूचकहरु तुलनात्मक रुपमा धेरै आशलाग्दा देखिएका छन् ।
दोस्रो त्रैमासको बित्तीय विवरणको तुलनात्मक अध्ययन
बैंकले प्रकाशित गरेको बित्तीय विवरणको विश्लेषण गर्दा कोषको लागत घटाउनु र आधार ब्याज दरसमेत तल ल्याउनुलाई निकै सकारात्मक मान्नुपर्छ किनभने बिगतमा उसले महंगो दरमा निक्षेप उठायो भन्ने तीब्र आलोचना खेपेको थियो ।
बिगतबाट पाठ सिकेर हालैको ब्याज दर बढाबढको दौडमा सामेल नभएको एनआईसी एशियाले सबैभन्दा धेरै निक्षेप संकलन गरी त्यसलाई आफुमै टिकाई राख्न सक्नु ठूलो सफलता हो ।
कर्जा रकम बढेर जाँदा निस्क्रि कर्जा अनुपात पनि बढ्नु र त्यस वापत जम्मा संचालन नाफाबाट ६० करोड कजौ नोक्सानी कोषमा राख्नपर्नुलाई केही गहिरो रुपमा हेर्नैपर्छ । आगामी त्रैमासमा संस्थागत सुशासनलाई कडाई गरी निस्क्रिय कर्जा असुलीमा ध्यान केन्द्रित गरेमा यस बर्ष सबै हिसाबले बैंक राम्रो अबस्थामा पूग्नसक्ने प्रशस्त आधार छ ।
गत बर्षको खुद नाफाबाट १० प्रतिशत बोनस शेयर बाँडेको यस बैंकलाई पूँजी कोष अनुपात कम हुँदा अझै पूँजी बढाउनुपर्ने दरकार छ । त्यसका लागि चार अर्बको डिबेन्चर बिक्री गर्दैछ ।
बैंकको शाखा र कारोबार बिस्तारको फैलावटसँगै कर्मचारी र संचालन खर्च बढ्नुलाई अन्यथा भन्न मिल्दैन । त्यसले कस्तो परिणाम ल्याउँछ भन्ने कुरा मुख्य हो ।
युवा बैंकर रोसन न्यौपानेको समूहले देखाउने क्रियाशीलतामा बैंकले भविष्यमा अझै कस्तो फड्को मार्छ भन्ने कुरा निर्भर हुने नै छ । ब्यापक शाखा बिस्तार गरी दुर्गम स्थान र गाउँसम्म पुगेको एनआईसी एशिया चुक्ता पूँजी र जगेडा कोष बाहेक सबै आधारभुत सूचकहरुमा नम्बर वान बन्न्े दिशामा अग्रसर भईसकेको हुँदा त्यसलाई जोगाएर थप प्रगति गर्नुमै त्यस बैंक सम्बद्ध अधिकारीहरुको हित छ ।