एनआईसी एशिया बैंकलाई आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर नबिक्दा हैरानी खेप्नु परेको छ । बैंकले पटक पटकको सूचना जारी गर्दा पनि शेयर नबिकेपछि मूल्य घटाएर फेरि बिक्रीमा राखेको छ ।

बैंकले यसअघि प्रतिकित्ता २ हजार रुपैयाँमा बिक्रीमा राखेको शेयरको भाउ घटाएर प्रतिकित्ता १७ सय रुपैयाँ कायम गरेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको एक लाख ६६ हजार ३२ कित्ता संस्थापक शेयर लिलामी मार्फत बिक्रीमा राखेको छ ।

बैंकले गत फागुन १९ गते शेयर लिलामीको सूचना प्रकाशित गरेको थियो।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १७ सय रुपैयाँमा उक्त शेयर बोलकबोलको माध्यमबाट बिक्री गर्न लागेको हो। अहिले दोस्रो बजारमा नागरिक लगानी कोषको शेयर मूल्य प्रतिकित्ता २ हजार ६ सय २ रुपैयाँ रहेको छ ।

उक्त शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुले आवेदन दिन पाउने बिक्री प्रबन्धक एनआईसि एशिया क्यापिटलले जनाएको छ।

कम्पनीले कुल एक लाख ६६ हजार ३२ हजार कित्ता सेयर बिक्री गर्ने छ। यसको कुल न्यूनतम मूल्य २८ करोड २२ लाख ५४ हजार ४ सय रुपैयाँ हुने छ।

शेयर खरीदका लागि चैत्र २ गतेदेखि ९ गतेसम्म सात दिनभित्र आवेदन दिइसक्नु पर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here