आक्रामक रुपमा शाखा र कारोबार बिस्तार गरिरहेको एनआईसी एशिया बैंकले देशका ब्यवसायिक किसानलाई साथ दिने घोषणा गर्दै सेवा शुल्क नलिई सस्तो दरको कृषि कर्जा प्रबाह गर्ने योजना सार्वजनिक गरेको छ ।
एनआईसी एशिया बैंकले कृषि ब्यवसाय कर्जा योजना सार्वजनिक गरी ब्यवसायिक कृषि कर्जामा पाँच प्रतिशत ब्याज अनुदान हुने र सेवा शुल्क नलिई कर्जा प्रबाह गरिने जनाएको छ ।
उसले अन्य कृषि कर्जामा आकर्षक ब्याज दर र न्युन सेवा शुल्क हुने समेत स्पष्ट पारेको छ । साधारण पुनर्कजा अन्तर्गत ब्याज दरको फाईदा, आबश्यकता अनुसारको कर्जा प्राप्त गर्न सकिने र कृषि ब्यवसायका लागि अलग्गै कर्जा बिभागको ब्यवस्था गरी कर्जा परिचालन सुनिश्चित गरिएको बैंकले जनाएको छ ।
किसानले एनआईसीको सस्तो कर्जा योजना अन्न, तरकारी तथा नगदे बाली खेती, चिया, कफी, सुर्ती, सनपाट,फलफूल तथा पुष्प खेती, पशुपंक्षी तथा माहुरी पालन, मलखाद, किटनाशक औषधी, शीष भण्डारन, सिंचाई, वन, कृषि ओजार, मल बिऊ, दाना, भण्डारन, स्वदेशी कृषि बस्तु प्रशोधन बधशाला, अन्य कृषिजन्य कृयाकलापका लागि पाउने सक्ने उल्लेख गरिएको छ ।
एनआईसी एशिया देशको सबैभन्दा धेरै शाखा संजाल र एटीएम रहेको बाणिज्य बैंक बनेको छ । एनआईसी एशियाका २१० शाखा, २०० एटीएम, दुई हजार कर्मचारी, एक खर्ब ३४ अर्बको निक्षेप र एक खर्ब ९ अर्बको कर्जा छ । बैंकले हरेक शाखाबाट कृषि कर्जा प्रबाहको ब्यवस्था गरिएको जनाएको छ ।