एनआईसी एशिया लघुवित्तले साढे ४७ लाख कित्ता प्राथमिक शेयर अर्थात आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

एनआईसी एशिया बैंकको सहायक कम्पनीले एनआइृसी एशिया लघुवित्तले आफ्नो चुक्ता पूँजी एक अर्ब एक करोडको ४९ प्रतिशत अर्थात ४७ लाख ५५ हजार कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो ।

सर्बसाधारणमा एकैपटक यति धेरै मात्रामा आईपीओ बिक्री गर्ने एनआईसी एशिया लघुवित्त मध्येमा सबैभन्दा ठूलो कम्पनी हुने भएको छ ।

जाजरकोटमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले खुद नाफा गरेर यसै बर्षबाट लाभांश बाँड्नसक्ने अबस्थामा रहेको छ ।

यस कम्पनीीको शेयरमा चार लाखसम्म लगानीकर्ताले आबेदन गरेमा प्रत्येकको हातमा १० कित्ता शेयर पर्ने संभावना छ ।

अहिले नेपाल पुनर्बिमा कम्पनीले सर्बसाधारणमा शेयर बिक्री गरिरहेकोमा यसलगत्तै एनआईसी एशिया लघुवित्तको आईपीओ बिक्रीमा आउने भएको छ । केही लिवर्टी र युनाईट्ढ ईदिमदी हाइृड्रोले आईपीओ बिक्री प्रक्रिया शुरु गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here