लघुवित्त संस्थाहरु मध्येमा सबैभन्दा ठूलो अर्थात ४७ करोड ५५ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर बिक्री गर्न धितोपत्र बोर्डमा आबेदन दिएको एनआईसी एशिया लघुवित्तको प्रगति आकर्षक देखिएको छ ।
एनआईसी एसिया लघुबित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड १२ लाख खुद नाफा कमाएको छ । गत बर्षको तुलनामा लघुबित्तले ५ करोड ३५ लाखले बढि खुद नाफा कमाएको हो ।
लघुबित्तको संचालन नाफा र खुद व्याज आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।
दोस्रो त्रैमाससम्ममा लघुबित्तले ७९ करोड ४९ लाख निक्षेप संकलन गरेको छ भने सापटी ४ अर्ब ७१ करोड लिएर ५ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ ।
लघुबित्तले दोस्रो त्रैमाससम्ममा २२ करोड खुद व्याज आम्दानी गरेको छ, गत आर्थिक बर्षमा १३ करोड व्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्ममा लघुबित्तले १६ करोड २६ लाख संचालन मुनाफा कमाएको छ ।
हाल लघुबित्तको चुक्ता पूँजी १ अर्ब र जगेडा कोषमा २१ करोड ८८ लाख रहेको छ ।
लघुबित्तको निष्कृय कर्जा अनुपात ०.५७ प्रतिशत रहेको छ ।