गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को मध्यपूर्व उपसंयोजकमा प्रविन गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको २०१७–१९ कार्यकालका लागि एनआरएन अभियानका क्रियाशिल गुरुङले मध्यपुर्व उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

चितवन गुन्जनगरका गुरुङ विगत सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहेका छन् ।

एनआरएनए अभियानमा विगत एक दशकदेखि आफु निरन्तर लागिरहेको बताउँदै गुरुङले आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराउन नै मध्यपूर्वी उपसंयोजकमा उम्मेदवारी दिएको बताएका छन् । ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छुु’ गुरुङले भने ।

मध्यपूर्वमा नै पहिलो पटक एक नेपालीले ‘नाइट क्लव’ संचालनमा ल्याएर ब्यवसायको नयाँ दायारा थपेका छन् । कतारको दोहामा चितवनका प्रविन गुरुङ आफैंले ‘ द एम्बेसी क्लव’ संचालन गरेका हुन् ।

मध्यपूर्वमा नै पहिलो पटक नेपालीले नाइट क्लवमा झण्डै १२ करोड लगानी गरेर संचालक बन्ने गुरुङ पहिलो नेपाली हुन् । रेष्टुरेन्ट, कन्ट्रक्शन कम्पनी तथा अन्य व्यवसायमा नेपालीहरु कतारमा लागिरहेका बेला गुरुङले नयाँ क्षेत्रको व्यवसायमा हात हालेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here