एनएमबि लघुबित्त बित्तिय संस्थाले आफनो ७ औं बार्षिक साधारणसभा डाकेको छ ।
लघुबित्तले चैत २६ गते सिटि स्क्वाएर पार्टी प्यालेस, न्युरोड पोखरामा साधारणसभा बोलाएको हो ।
लघुबित्तले साधारणसभा प्रयोजनार्थ चैत १० गते देखि चैत २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।
साधारणसभामा लघुबित्तले १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश बितरणको बिशेष प्रस्ताब रहेको छ ।
हाल लघुबित्तको चुक्ता पूँजी ४० करोड रहेको छ ।