एनएलजी इन्स्युरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेकोमा उक्त अनुमति स्विकृत भएको छ ।

कम्पनीलाइ हाल कायम चुक्ता पुँजीको १०ः६ अर्थात ६० प्रतिशत बराबर ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । इक्रा नेपालले यस हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।

कम्पनीको बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख कायम छ । हकप्रद निष्काशन पश्चात चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख  पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here