एनएलजी ईन्स्योरेन्स कम्पनीले फागुन २२ गते देखि हकप्रद निष्कासन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत अर्थत १० बराबर ६ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले माघ २७ गते वुकक्लोज गरेको थियो ।

हाल ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले चु्क्ता पूँजीको ६० प्रतिशत अर्थत ३८ करोड ४२ लाख ४३ हजार ७५० रुपैयाँ बराबरको ३८ लाख ४२ लाख ४३७.५० कित्ता शेयर प्रति कित्ता १०० अंकित दरले निष्कासन गर्ने भएको हो

हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here