एनएलजी र प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हकपद निष्कासनको अनुमती दिएको छ ।

एनएलजी ईन्स्योरेन्स कम्पनीले भदौ २४ गते हकपद निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
एनएलजीले हाल कायम चुक्ता पुँजीको ६० प्रतिशत अर्थत १०ः६ को अनुपातमा ३८ लाख ४२ हजार ४३७ किक्ता हकपद निष्कासनको अनुमती पाएको हो ।

हाल ६४ करोड ४ लाख चुक्ता पूँजी रहेको कम्पनीको हकपद पश्चात चुक्ता पूँजी १ अर्ब २ करोड पुग्नेछ । हकप्रद बिक्रि प्रबन्धकको सम्पूर्ण काम लक्ष्मी क्यापिटललाई दिएको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले भदौ २० गते धितोपत्र बोर्डमा हकप्रद निष्काशन सम्बन्धी आवेदन दिएको थियो ।
प्रुडेन्सियलले हाल कायम चुक्तापूँजीको ६० प्रतिशत अर्थत् १०ः६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद निष्कासनको अनुमति पाएको छ ।
हाल ६४ करोड १५ लाख चुक्ता पूँजी भएको प्रुडेन्सियलको हकप्रद पश्चात १ अर्ब २ करोड पुग्नेछ ।

हकप्रद पश्चात दुबै कम्पनीको बिमा समितिले तोकेबमोजिम १ अर्ब चुक्तापूँजी कायम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here