नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी) मा संस्थापक सेयरधनीहरु बीचको झगडा चर्किएको अबस्थामा फेरि राष्ट्र बैंकले लिने संभावना बढेको छ ।

शुक्रबार रुपन्देहीमा हुने कम्पनीको १९ औं बार्षिक साधारणसभामा एनबी समूहले ५० प्रतिशत हकप्रद प्रस्ताब पारित गर्न अबरोध गरे संचालक समितिले नै निर्णय गरेर बैंकलाई राष्ट्र बैंकको जिम्मा लगाउने तयारी भएको छ ।

एनसीसी बैंक सम्बद्ध स्रोतले बैंकको चुक्ता पूँजी आठ अर्ब पुर्याउन एनबी समूहले अबरोध गर्दै आएकाले फेरि राष्ट्र बैंकलाई गुहार्नुपर्ने अबस्था आएको बताएको छ । शुक्रबार साधारणसभाको अबस्था हेरेपछि संचालक समितिले थप कदम चाल्ने बताईएको छ ।

यस साधारणसभामा संचालकको निर्वाचन बिषयलाई स्थगित गरी ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने, बित्तीय बिबरणहरु स्वीकृत गर्ने र नयाँ लखापरक्षिक नियुक्त गर्ने प्रस्ताबहरु मात्र लगिएको छ ।

एक बर्ष अघि चार वटा बिकास बैंकलाई गाभेर राष्ट्र बैंकको ब्यवस्थापन बाहिरिएपछि तत्कालीन एपेक्स डेभ्लपमेन्ट बैंकको खराब कर्जाका कारण एनसीसी केही समस्यामा परेको थियो । राष्ट्र बैंकलेएपेक्सको खराब अबस्थालाई बिचारै नगरी एनसीसीमा मिसाउँदा मर्ज भएका सबैलाई समस्या परेको हो । त्यसैलाई बहाना बनाएर एनबी समुहले एनसीसीको पूँजी बृद्धि योजनामा ब्यवधान खडा गर्दै आएको छ । बैंकमा निर्मल प्रधान र एनबी समूहका बीचमा मतभेदे छ । बिगतमा पनि यिनै दुई समूहको बिबादका कारण राष्ट्र बैंकले ब्यवस्थापन नियन्त्रणमा लिनु परेको थियो ।

हाल चार अर्ब ६७ करोड चुक्ता पूँजी रहेको बैंकलाई तीन अर्ब ३३ करोड पूँजी थप्नुपर्ने बाध्यता छ । ५० प्रतिशत हकप्रद बेचेपछि पनि उसले आठ अर्ब पुर्याउन एक अर्ब रुपैयाँको बोनस सेयर दिनुपर्ने छ । एनसीसीको बित्तीय अबस्था खराब हुनुका साथै संस्थापकहरुको बिबादले पूँजी बृद्धि प्रक्रिया अबरुद्ध बनेर राष्ट्र बैंककै योजनालाई धक्का लागेको छ । यस्तो बेलामा फेरि राष्ट्र बैंकको ब्यवस्थापन आएर कसरी सम्हाल्छ भन्ने चासो एनसीसीका सर्बसाधारण सेयरधनीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here