नेपाल क्रेडिट एण्ड कमर्श बैंक(NCCB)ले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताबलाई पारित गरेको छ । भैरहवामा सम्पन्न एनसीसीको १९ औं साधारणसभाले हकप्रद प्रस्ताब पारित गरेको हो ।
हाल कायम चुक्ता पूँजी चार अर्ब ६७ करोडको ५० प्रतिशत अर्थात दुई अर्ब ३३ करोड बराबरको हकप्रद सेयर धितोपत्र बोर्डबाट स्वीकृत भएपछि बिक्री गरेर एनसीसीले चुक्ता पूँजी सात अर्ब नघाउने छ । त्यसपछि बाँकी एक अर्बको बोनस सेयर जारी गर्ने उसको पूँजी योजनामा उल्लेख छ ।
हकप्रद प्रस्ताब पारित गर्न नदिने संस्थापक एनबी समूहले बखेडा गर्नसक्ने आँकलन गरिए पनि कुनै ब्यवधान बिना नै प्रस्ताब पारित भएको हो ।
एनसीसीले गत आर्थिक बर्षमा एक अर्ब ३२ करोड खुद नाफा कमाएको थियो ।