एनसेलले सर्बोच्चको फौसला पछि २० करोड रुपैँया ब्याज सहित साढे चार अर्ब कर नेपाल सरकारलाई बुझाएको छ । एनसेलले कुल कर निर्धारणको २० प्रतिशत कर पुस १५ गते मंगलबार भुक्तानी गरेको हो ।

एनसेललाई सरकारले २२ अर्ब ४४ करोड रुपैयाँ कर निर्धारण गरेको थियो । पत्र काटेपछि पनि ब्याज रकम बृद्धि भइरहेको थियो । मंगलबारसम्ममा एनसेलले सरकारलाई २२ अर्ब ६७ करोड तिर्नु पर्ने भएको थियो ।

यसमध्ये साढे ४ अर्ब तिरेको छ । एनसेलको हरेक महिना २३ करोडले ब्याज बढ्दै जाने भएकोले एनसेलले चालु आर्थिक बर्ष भित्र सबै कर बुझाइ सक्नु पर्नेछ । असार मसान्त सम्ममा सम्पुर्ण कर तिरिनसके जरिबाना लाग्ने भनिएको छ ।

एनसेलले आफुले तिर्नु पर्ने बाँकी करका लागि किस्ताबन्दी सुविधा माग गरेको छ । सरकारले आयकर ऐन दफा ११० अन्तगत किस्ता बन्दी सुविधा दिन लागेको हो ।

एनसेलले २२ अर्ब ६७ करोडमध्ये २३ करोड ब्याज तिर्नु परेको हो। उसको साँवा ४ अर्ब २७ करोडले मात्र घटेको छ। अब एनसेलले १८ अर्ब १७ करोड रुपैयाँ अझै कर तिर्नु पर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here