केही समय अघि ४० लाख ८१ हजार कित्ता थप नयाँ साधारण सेयर अर्थत एफपीओ बिक्री गरेको बुटवल पावर कम्पनीले त्यसलाई चुक्ता पूँजीमा हिसाबै नगरी तेस्रो त्रैमासको बित्तीय विवरण प्रकाशित गरेर चलाखी गरेको छ ।

बुटवल पावरले पहिलेकै चुक्ता पूँजी एक अर्ब ८१ करोडलाई हिसाबमा देखाएर प्रतिसेयर आम्दानीमा बढोत्तरी भएको देखाउँने प्रयास गरे पनि गत आर्थिक बर्षको भन्दा कमै हुन गएको छ । उसको प्रतिसेयर आम्दानी अहिले ३६ रुपैयाँ ३३ पैसा छ । उसले आफ्नो चुक्ता पूँजी दुई अर्ब २१ करोड ८६ लाख ७२ हजार रुपैयाँ देखाउनु पर्ने थियो ।

महंगोमा सर्बसाधारणलाई सेयर भिडाउँन खोज्नेले बुटवल पावरको एफपीओ नबिकेबाट के सिके पाठ ?

एफपीओलाई समेत चुक्ता पूँजीमा नजोडेर देखाईएको मूल्य आम्दानी अनुपात १२.५५ गुणा र प्रतिसेयर नेटवर्थ ३५६। ७६ रुपैयाँ भएको त्रैमासिक विवरणमा उल्लेख गरिएको छ ।

दुई अर्ब ८६ करोडको जगेडा कोष एकैचोटी चार अर्ब ६४ करोडको हुन गएकोले एफपीओको प्रिमियम समेतको पैसा जगेडा कोषतिर सारिएको देखिन्छ । वास्तबमा सेयरको अंकित मूल्य बराबरको पैसा चुक्ता पूँजीमा र प्रिमियम वापतको पैसा जगेडा कोषमा जम्मा हुनुपर्ने हो ।

ब्यवस्थापकीय बिश्लेषणमा भनिएको छ- एफपीओको दुइृ अर्ब ४ करोड मध्ये एक अर्ब ४२ करोड मात्रै संकलन भएको छ र बाँकी संकलनको क्रममा छ ।

बुटवल पावरले एफपीओको पैसा संकलनमा भएको ढिलाईबारे थप स्पष्ट पारेको छैन ।

बुटवल पावरको खुद नाफा गत बर्षको तेस्रो त्रैमास भन्दा झण्डै तीन करोडले कम भई ६५ करोड ७७ लाखमा सिमित भएको छ ।

बिद्युत बिक्री, लाभांश आम्दानी लगायतका आम्दानीहरुमा कमी आए पछि बुटवल पावरको खुद नाफामा गिरावट देखिएको हो ।

बुटवल पावरले आफ्नो लगानीमा ३० मेगावाटको ड.ादी, ३७.६ मेगावाटको काबेली ए को निर्माण सुरु भएको र १०० मेगावाटको तल्लो मनाड. मस्र्यादी  बिद्युत खरिद सम्झौताको चरणमा रहेको जनाएको छ ।

चिनियाँ लगानीकर्तासँग मिलेर ठूला आयोजनाहरु निर्माण गर्न हालै साढे आठसय मेगावाटका दुई आयोजना किनेको बुटवल पावर राम्रो कम्पनी हो तर ती आयोजनारु निर्माण भएर विद्युत उत्पादन सुरु भई आम्दानी आउन समय लाग्छ । त्यसैले अहिले नै उसको सेयर उचालिएर महंगोमा किन्नु घातक हुन जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here