काठमाडौ । एभरेष्ट बैंकले हकप्रद निश्काशन गर्दा नबिकेको साढे दुई लाख कित्ता साधारण सेयर लिलाममा निकालेको छ ।
बैंकले दुई लाख ५३ हजार सात सय ९७ कित्ता सेयर भाद्र २५ देखि असोज १ गतेसम्म सिलबन्दी बोलपत्रद्धारा स्वीकार गर्न सकिने गरी लिलामको सूचना निकालेको हो ।
लिलाम सकार्न चाहनेले एनआईबील क्यापिटलमार्फत आबेदन दिनुपर्ने भएको छ ।
दोस्रो बजारमा हाल एक हजार ती सय रुपैयाँ प्रति कित्ताको दरमा सेयर किनबेच भईरहेकाले त्यो भन्दा तल मूल्य कबुली आबेदन गरेमा फाईदा हुनसक्छ ।