एशियन लाइफ इन्स्योरेन्सले चैत २५ गतेदेखि चुक्ता पुँजीको ६० प्रतिशत अर्थात ७५ लाख ४० हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको छ ।

कम्पनीले बीमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन १ः०.६ अनुपातमा १ सय रुपैयाँ अंकित दरका ७५ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको हकप्रदमा फागुन २२ गते बुकक्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन ।

लगानीकर्ताले कम्पनीको हकप्रदमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, एसियन लाइफ र सि–आस्वामार्फत वैशाख २९ गतेसम्म आवेदन दिन सक्नेछन ।

हाल १ अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिमा बुझाएको पूँजी योजना अनुसार चुक्ता पूँजी बृद्धिको चापमा परेको एशियन लाईफ ईन्स्योरेन्सले हकप्रद बिक्री गरेर चुक्ता पुँजी पुर्याउने भएको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एसियनले २ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here