नेपाल एसबीआई बैंकले बार्षिक १० प्रतिशत ब्याज दिने गरी माघ २८ गतेदेखि बिक्रीमा ल्याएको ऋण पत्र निर्धाीरत छोटो समयमा पुरै नबिकेपछि समय थपिएको छ ।

बैंकले १ हजार अंकित दरको २५ लाख कित्ता ऋणप्रत्र निष्काशन गरेकोमा सबै ऋणपत्र बिक्रि नभईसकेको कारण फागुन २८ गतेसम्मलाई मिति लम्ब्याएको छ । उक्त ऋणपत्र को परिपक्व अवधि १० बर्ष रहने छ भने बार्षिक ब्याजदर १० प्रतिशत रहने छ ।

बैँकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणप्रत्र मध्ये व्याक्तिगत तरवबाट १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता बिक्रि गरिनेछ भने बाँकी १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता (सो बापत ५ प्रतिशतले हुन आउने ५० हजार कित्ता ऋणप्रत्र सामुहिक लगानी कोषलाई छुट्याइएको) सार्वसाधरणका लागि निष्काशन तथा बिक्री खुला गरिएको छ ।

उक्त ऋणप्रत्रलाई फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ भने सि.आस्बा सेवामा आवद्ध बैँक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १० लाख कित्तासम्मआवेदन दिन सक्नेछन्।

बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एलएए’ रेटिङ्ग पाएको छ।

ऋणप्रत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भने कुमारी क्यापिटल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here