काठमाडौ । सेयर किनिएको रकम राफसाफ नगरेपछि नेप्सेले कारोबार रोक्का गरेको ब्रोकर नम्बर ४ ओपल सेक्युरिटिजको कारोबार खुलेको छ । तीन कार्यदिन अघि सीडीएससीको आग्रहमा नेप्सेले ओपललाई सेयर कारोबार गर्न रोक लगाएकोे थियो ।

अहिले किनबेच गरिएको रकममा किनिएको रकमबाट बेचिएको रकम घटाएर बाँकी रकम मात्र तेस्रो कार्यदिनमा सीडीयससीलाई बुझाउनु पर्ने नेट सेटलमेन्ट ब्यवस्था लागु भएको छ तर ओपलले त्यसो गर्न सकेन ।

पहिलेको ब्यवस्थामा बेचिएको सेयरको हिसाब नगरी पुरै रकम सीडीयससीमा बुझाउनु पर्ने ब्यवस्था रहेको थियो ।

यसरी रकम राफसाफ गर्न नसक्ने दलाललाई पहिले सात दिनसम्म कारोबारमा रोक लगाईने गरिएको भए पनि पछिल्लो अवधिमा तीन दिन मात्र रोक लगाईने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here