पोखरालाई मुख्य आधार बनाएको ओम डेभलपमेन्ट बैंकलाई आफुमा समाहित गर्ने योजनामा अल्झिएको प्राईम कमर्शयिल बैंकले दोस्रो त्रेमाससम्ममा आशलाग्दो प्रगति गरेको विवरण सार्वजनिक गरेको छ ।

प्राईमको दोस्रो त्रैमासको प्रगति विवरण हेर्दा अधिकांश सूचक सकारात्मक देखिए पनि निस्क्रिय कर्जा अनुपात बढ्दा केही सर्तकता अपनाउनु अपरिहार्य देखिएको छ ।

निक्षेप संकलनलाई त्यति जोड नगरेको जस्तो देखिन्छ भने कर्जा पूँजी निक्षेप अनुपात खुम्चिदै गएकाले लगानीयोग्य रकमको अभावको उसले सामना गरेकै देखिन्छ ।

गत बर्षको खुद नाफाबाट १६ प्रतिशत बोनस शेयर प्रस्ताब गरे पनि उसले साधारणसभा आब्हान गर्न सकेको छैन । संभवतः ओमसँगको सम्झोता कार्यान्वयनमा केही अन्योल देखिएर राष्ट्र बेंकबाट लाभांश प्रस्ताब स्वीकृतिमा ढिलाई भएको हुनसक्छ ।

प्राईम र ओमले प्राप्तिको प्रक्रिया तीन महिना भित्र सकेर साझा लाभांश प्रस्ताब गर्ने भनिए पनि अलग अलग लाभांश प्रस्ताब गरेपछि बजारमा प्राप्ति प्रक्रियालाई लिएर आशंका बढेको पाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here