ओरियन्टल इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा खुदनाफा गत वर्षको तुलनामा २४१.०६ प्रतिशतले बढाएको छ । गत वर्ष ८ करोड ५० लाख रुपैयाँ रहेको खुद नाफा यो वर्ष बढेर २९ करोड रुपैयाँ पुगेको हो ।

कम्पनीको खुद बिमा शुल्क ४६ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष खुद बिमा शुल्क ३८ करोड ९ लाखरुपैयाँ रहेको थियो ।

खुद दाबी भुक्तानी १७ करोड २९ लाख रुपैयाँ बराबरको रहेको र भुक्तानी हुन बाँकी कुल रकम १ अर्ब १३ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

जीवन बिमा कोषको आकार गत वर्ष भन्दा १८.७० प्रतिशतले बढेको छ । गत वर्ष ५५ करोड ४६ लाख रुपैयाँ रहेको बिमा कोष यो वर्ष बढेर ६५ करोड ८४ लाख ७३ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष १५ करोड ४१ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here