बाम गठबन्धनको सरकारमा अर्थमन्त्री डा. युवराव खतिवडाले सरकारले प्रस्तुत गर्ने आर्थिक बर्ष २०७५ ०७६ को बजेट सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेका छन् ।

खतिवडाले बुधबारको संसद बैठकमा आउने आर्थिक बर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव प्रस्तुत गरे ।

प्रस्ताबमा साना आयोजनाहरुमा बजेट कतौटी गरी संविधानप्रदत्त अधिकार नागरिकका मौलिक अधिकार कार्यान्वयन र तीव्र आर्थिक वृद्धि हासिल गर्ने दिशामा बजेट केन्द्रित हुने उल्लेख छ ।

दिगो विकास लक्ष्य प्राप्ति र गरिबी निवारण गर्दै आर्थिक समृद्धि हासिल गर्न बजेट केन्द्रित हुने खतिवडाले बताएका छन् ।

पुनःनिर्माण उच्च प्राथमिकतामा रहने र सामाजिक सुरक्षाको दायरा वृद्धि गरिने पनि प्राथमिकता प्रस्ताबमा उल्लेख गरिएको छ ।

सामाजिक सुरक्षालाई योगदानमूलक बनाई सबै नेपालीलाई
दायरामा ल्याउने, सार्वजनिक सहकारी र निजी क्षेत्रबीचको सहकार्य मा जोड दिने, दिगो आर्थिक वृद्धिका लागि पूँजी निर्माण, लगानी संरचनालाई उत्पादनमूखी बनाउने लगायतका कुराहरु प्रस्ताबमा छन् ।

आन्तरिक बचतलाई प्रोत्साहित गर्ने, लगानी अनुकुल वातावरण बनाउने, निजी क्षेत्रलाई आर्थिक वृद्धिको साझेदारका रुपमा विकास गर्ने, वैदेशिक लगानीलाई राष्ट्रिय पूँजी निर्माणको साधनको रुपमा उपयोग गर्ने, सहकारी, सामुदायिक र गैरसरकारी क्षेत्रलाई आर्थिक बिकासका लागि परिचालन गर्ने लगायतका कुराहरु प्रस्ताबमा उल्लेख छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here