कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर सहित १६ प्रतिशत लाभांशको प्रस्ताव पारीत गर्न साधारण सभा बोलाएको छ ।

बैंकले गत आ.व.मा कायम चुक्ता पुँजीबाट १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव लैजादै छ ।

साधारण सभा पौष २९ गते होटल ओपेरा प्रा.ली, महेन्द्रनगरमा दिनको ठिक ११ः३० बजे शुरु हुनेछ ।

साधारण सभा प्रयोजनार्थ पौष १५ गते एक दिनको लागि बुक क्लोज रहनेछ ।

साधारण सभाले बैंकको प्रबन्धपत्रको केही दफा संसोधन गर्नेछ । उपयुक्त बैंक तथा वित्तिय संस्था सँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सँग सम्बन्धित सम्पुणृ काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिनेछ ।

बैंकको हाल कायम चुक्ता पुँजी ५३ करोड १३ लाख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here