नेप्सेले पुस १५ गते कञ्चन डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, आइसी एफसी फाइनान्स र छेयाङदी हाइड्रोपावरको एक साथ मुल्य समायोजन गरेको छ ।

नेप्सेले कञ्चन डेभलपमेन्ट बैंकको १० प्रतिशत बोनश शेयरको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २१६ रुपैयाँ ३६ पैसा कायम गरेको छ ।

बैंकले आफनो साधारण सभा पुस २९ गते गर्नेछ । साधारणसभामा आर्थिक वर्ष २०७५र७६ को मुनाफा तथा सञ्चित रकमबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
हाल बैंकको ५३ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेकोमा बोनस वितरण पश्चात ५८ करोड ४४ लाख ३० हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

नेप्सेले मञ्जुश्री फाइनान्सको प्रस्तावित बोनश शेयरको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १३९ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

फाइनान्सले आफनो १२ औँ वार्षिक साधारण सभा थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा पुस २९ गतेलाई बोलाएको छ । सभामा फाइनान्सले १.७५ प्रतिशत बोनस र ९.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ ।
त्यस्तै, नेप्सेले आईसीएफसी फाइनान्स को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १५२ रुपैयाँ ३८ पैसा कायम गरेको छ ।

फाइनान्सले पुस २९ गते सोह्रौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनको लागि सहित ८ प्रतिशत नगद लाभांश गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
हाल चुक्ता पूँजी ८८ करोड २१ लाख रहेकामा बोनस शेयर वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९२ करोड ६२ लाख पुग्नेछ ।

नेप्सेले छ्याङ्दी हाइड्रोपावरको प्रस्तावित ५ प्रतिशत शेयर बोनशको मुल्य समायोजन गरि प्रतिकित्ता ८९ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।
हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा आह्वान गरेको छ ।
सभाले बोनस वितरण पश्चात कायम हुने चुक्ता पूँजी २८ करोड ३५ लाख रुपैयाँको ३० प्रतिशत ८ लाख ५० हजार ५०० कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव अनुमोदन गराउने छ । हाल २७ करोड चुक्ता पुँजी रहेको छ ।

चारै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर मंगलबार शेयर कारोबार खुल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here