शेयर बजारमा एकोहारो शेयरको मूल्य बढ्दै गयो भने त्यसले जोखिमलाई पनि बढाउँछ तर बढेर घट्नु र फेरि बढ्नुले बजारलाई सुरक्षित मात्रै पार्दैन, लगानीकर्तालाई अवसर पनि दिन्छ ।

शेयरको मूल्य एकोहारो बढ्दै गएर एकैचोटी ठूलो परिमाणमा शेयर बिक्रीमा आउने तर बजारले धान्न नसक्ने अबस्था भयावह नै हुने गर्छ, त्यस्तो अबस्था भने अहिले शेयर बजारमा देखिएको छैन ।

घटबढ हुँदै अगाडि बढेको शेयर बजार राम्रो हो । शेयर बजारमा शेयरको मूल्य सधै बढिरहन्छ वा घटिरहन्छ भन्ने मुर्ख बुद्धि कसैले पनि गर्नु हुँदैन ।

माघ ५ गते आईतबार धेरै कम्पनीहरुको शेयर मूल्यमा बढोत्तरी भएर दुई अर्ब १० करोडको कारोबार हुँदा कयौंले बजार साँच्चै जोखिमतर्फ उन्मुख हुन्छ कि भन्ने अनुमान लगाएका थिए तर सोमबार बजारमा यसरी करेक्शन आईदियो कि अघिल्लो दिन मूल्य धेरै बढेका कम्पनीहरुको शेयर बिक्री गर्नेहरुले फेरि शेयर किन्न अवसर पाए ।

दिनभर तीब्र रुपमा शेयरको मूल्य घटेको जस्तो देखिए पनि सस्तो मूल्यमा शेयर उठाउनेहरु उत्तिकै सक्रिय थिए । कतिपय कम्पनीहरुको शेयरमा बिक्रेता धेरै नआएपछि खरिद आदेश हटाउने तर बिक्रीमा आएका शेयरहरु फटाफट खाने प्रबृत्ति पनि देखियो । लगानीकर्ताहरुले बीमा, लघुवित्त, होटल र अन्य बर्गका कम्पनीहरुमा खरिद आदेशहरु मूल्य घटाएर राखेका थिए । बैंकहरुमा भने सदा झै एक, दुई रुपैयाँको मोलतोलमा मूल्य घटाएर किन्ने सामान्य अवस्था नै थियो ।

घटेको बजारमा पनि मल्पिर्पोज फाईनान्स र ग्लोबल आईएमईको शेयर मूल्य भने उच्च रुपमा बढे । सोमबार मात्रै कारोबार खुलेको ग्लोबल आईएमईको शेयर बिक्री गर्न धेरै लगानीकर्ताहरु नआउँदा ९ सय २९ कित्ता मात्र किनबेच भयो । यो शेयर किन्न १० प्रतिशत सर्किट लागेको मूल्यमा २१ लाख कित्ता र समग्रमा ३६ लाख कित्ता माग थियो ।

समग्रमा बजारको विश्लेषण गर्दा लगानीकर्तामा खरिदकोृ मनस्थिति नै देखिएको छ । नाफा भएको एउटा कम्पनीको शेयर बेचेर आर्को कम्पनीको शेयर किन्ने प्रबृत्ति पनि कायमै छ ।

सूचकमा २६.५४ अंकको गिरावट आई नेप्से १३१७.११ विन्दुमा रह्यो भने एक अर्ब ९७ करोडको किनबेच भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here