अर्थमन्त्री डा. युवराज खतिवडाले कर कार्यालयमाा कर तिर्न र बैंकहरुबाट कर्जा प्राप्त गर्न अलग अलग बित्तीय विवरण पेश गर्नेमाथि कारबाही गर्ने संकेत गरेका छन् ।

काठमाडौमा शनिबार आयोजित चार्टर्ड एकाउन्टेन्स बिद्यार्थीको पहिलो अन्र्तराष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले कर कार्यालय, कम्पनी रजिष्ट्रार, बैंकहरुबाट कर्जा लिँदा अलग अलग बित्तीय विवरण पेश गरी कर छली गर्नेहरुलाई कारबाहीको दायरामा ल्याईने संकेत गरेका हुन् ।

कतिपय कम्पनी तथा ब्यक्तिहरुले कर कार्यालयमा कर तिर्ने प्रयोजनका लागि कम आय देखाउने र बैंक तथा बित्तीय संस्थाहरुबाट कर्जा लिँदा धेरै आय देखाएर धेरै कर्जा लिने गर्दै आएका छन् ।

खतिवडाले केही दिन अघि आफुले सेयर बजारको बारेमा गरेको टिप्पणीलाई नकरात्मक रुपमा प्रस्तुत गरिएकोमा असन्तुष्टि जनाए । उनले आफु सेयर बजार बृद्धिकै पक्षमा रहेको स्पष्ट पारे ।

उनले लगानीकर्ताले कम्पनीको आधारभुत अबस्था बुझेर मात्रै सेयर बजारमा लगानी गर्न आग्रह गरे ।

डा खतिवडामाथि सेयर बजारप्रति संकुचित धारणा राखेको आरोप लागेको छ । उनी अर्थमन्त्री भएपछि सेयर बजारमा लगातार गिरावट देखिएकाले पनि बाम सरकारप्रति लगानीकर्ताहरु सशंकित छन् ।

पछिल्ला दिनहरुमा बिकास हुँदै गएको लगानीकर्ताको नकारात्मक धारणाप्रति खतिवडाको ध्यान आकृष्ट भएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here