सरकारले कर्णाली प्रदेशबाट संकलन हुने राजश्वमा बृद्धि भएको छ ।

चालू आर्थिक वर्ष २०७६ ।०७७ को पहिलो चौमासिकमा राजस्व संकलनमा सुधार गरेको छ । प्रदेश सरकारले चालू आवको साउनदेखि कात्तिकसम्ममा रु १ अर्ब ५१ करोड५९ लाख राजस्व संकलन गरेको हो ।

यो रकम गत आवको पहिलो चौमासिकमा संकलित राजस्वभन्दा १३६ दशमलव् १० प्रतिशत् बढी हो । गत आवको सो अवधिमा प्रदेशमा ६३ करोड ९३ लाख रुपैयाँ राजस्व उठेको थियो ।

आर्थिक कृयालकप र राजश्वको स्रोत समेत बढेकाले राजश्व बृद्धिमा सहयोग पुगेको हो । गत आवमा विभिन्न १२ शीर्षकमा राजस्व उठाएको प्रदेश सरकारले चालू आवमा विभिन्न २० शीर्षकमा राजस्व संकलन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here