शेयर बजारमा आगामी दिनमा हाईड्रोपावर कम्पनीहरुको प्राथमिक शेयरको ठूलो बाढी आउँनै बाँकी रहेको बेला एउटै कम्पनीले १८ अर्बसम्मको आईपीओ बिक्रीमा ल्याउने संभावना देखिएको छ ।

सरकारी लगानीमा बन्न लागेको माथिल्लो अरुण आयोजनाको ४९ प्रतिशत शेयर सर्बसाधारण लगानीकर्तामा बिक्री गरेर एक खर्ब २० अर्ब हाराहारीको लागतमा एक हजार ६१ मेगावाटको जलाशययुक्त आयोजना बनाउने तयारी शुरु भएको हो ।

विद्युत प्राधिकरणले बनाउने. यो आयोजनालाई जनताको जलविद्याुत कार्यक्रम अन्तर्गत राखिएको छ । शुरुमा बकुल गरिएको शेयरको १० प्रतिशत रकम संकलन गरी आयोजना ५० प्रतिशत निर्माण सम्पन्न भईसकेपछि बाँकी ९० प्रतिशत रकम संकलन गरिने तरिकाले सरकारले रकम संकलन गर्नसक्ने संभावना छ । आयोजनाको लागत प्रति मेगावाट ११ करोड हुने भनिए पनि निर्माणको क्रममा लागत धेरै बढ्नसक्ने संभावनालाई नकार्न सकिन्न किनभने सरकारी आयोजनाको लागत बढाउने खेल लामो समयदेखि चल्दै आएको छ ।

विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको रकम समेत परिचालन गरी ७० प्रतिशत कर्जामा आयोजना बनाउने लक्ष्य लिईएको छ । २०८३ साल पुस भित्र आयोजना निर्माण पुरा हुने भनिएकोमा बीमा हुने प्रक्रियागत ढिलाईले निर्माण सम्पन्न मिति लम्बिनसक्छ ।

दोस्रो बजारमा सूचीकृत मध्ये अधिकांश हाईड्रोको शेयरमूल्य १०० रुपैयाँ भन्दा तल झरेको र आपुर्तिको अबस्था थामिनसक्नु रहेको बेला दोस्रो बजारमा माग नबढाई यस्ता आयोजनाहरुको आईपीओ बिक्री हुनसक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here