शेयर बजारमा दैनिक कारोबार चास अर्ब हाराहारीमा हुनुको रहस्य बैंकहरुको लाखौं कित्ता शेयर कारोबार हुनु हो । एउटै बैंकको दैनिक पाँच लाख कित्तासम्म शेयर कारोबार हुँदा उसलेको कारोबार रकम ४० करोडसम्म हुने गरेको छ ।

यसरी बैंकको शेयर लगातार कसले खरिद गरिरहेको छ ? यति धेरै रकम परिचालन गरेर कसले बैंकको शेयर उठाईरहेको छ भन्ने कुराले आम सर्बसाधारणमा चासो उत्पन्न गराउनु स्वभाविक छ ।

कुनै संस्थागत लगानीकर्ता र समूह परिचालन नभई बैंकको यति धेरै कित्ता शेयर किनबेच असंभव नै हो किनभने साना समूह बनाएर लगानी गर्ने सर्बसाधारण लगानीकर्ताको क्षमता लाखौं कित्ता दैनिक रुपमा किन्ने र मूल्य उचाल्न प्रयास गर्ने छदैछैन । साना कम्पनीहरुमा मात्र यस्तो प्रयास सफल भईरहेको देखिन्छ । एनएमबी बैंकको शेयर एउटै ब्रोकरबाट दुई लाखको संख्यामा उठाउनु चानचुने कुरा हैन ।

गत आईतबार र सोमबार आएको ठूलो गिरावटले बैंकको शेयर मूल्यलाई पनि निकै आघात पारेको थियो, त्यसको लाभ मंगलबार खरिद गर्नेले पाए । ठूलो संख्यामा शेयर उठाउँन चाहनेहरुले घटेको मूल्यको लाभ लिएर कारोबार गर्नु स्वभाविक छ ।

बजारमा अहिले एनआईसी र एनएमबी बैंकको शेयरमा आएको खरिदबिक्रीको चापले समग्र बजारलाई प्रभावित बनाईरहेको छ । यी बैंकको शेयर मूल्य के हुन्छ भन्ने कुराले बैकिङ समूहमा प्रभाव पार्ने गरेको छ । नेपालका मारवाडी घरानाको हिस्सेदारी बढी रहेको बैंक हुनाले त्यसको मनोबैज्ञानिक प्रभाव पनि परेकै छ ।

बैंकको शेयरमा ठूलो खरिद चाप आउनु भने शेयर बजारका लागि सुखद पक्ष हो । यसले बजारको स्थायित्व र मजबुतपनालाई आधार दिन्छ । बैंकहरुको शेयरमा गरिने लगानी लाभांश र पूँजीगत लाभ दुबैको हिसाबले सुरक्षित हुने हुँदा सर्बसाधारण लगानीकर्ताले पनि यसैमा जोड गरे भने डुबेंर रुवाबासी गरिहाल्नु पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here