सरकारले जेठ ३२ गतेसम्म देशभरि लकडाउन गरेको भए पनि काठमाडौका ब्यवसायीहरुले जेठ २२ गतेदेखि सबै प्रकारका पसल ब्यवसायहरु विहान ११ बजेसम्म खोल्ने निर्णय गरेका छन् ।
नेपाल राष्ट्रिय ब्यवसायी महासंघले अहिलेको जस्तो लकडाउन जारी रहने हो भने ब्यवसायीहरु पलायन हुनुपर्ने र रोजीरोटी गुम्ने बाध्यता सिर्जना भएको भन्दै विहान ११ बजेसम्म सबै प्रकारका पसल ब्यवसाय खोल्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष नरेश कटुवालले पसल ब्यवसाय खुला गर्दा बन्द गर्न दबाब आएमा वा बल प्रयोग गरिएमा राज्यलाई तिर्ने कर ऋण, घर भाडा र कर्मचारीको तलब समेतको जिम्मा सरकारले लिनुपर्ने चेतावनी दिईएको छ ।
महासंघले कोरोना संक्रमण बढ्न नदिने गरी दुरी कायम गर्ने, मास्क र सेनिटाईजर प्रयोगसहित सावधानी अपनाउन ब्यवसायीहरुमा आब्हान गरेको छ ।