काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) राजधानीका बिभिन्न स्थानबाट २२ किलोग्राम सुन बरामद गरेको छ ।

सीआईबीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ठूलो परिमाणमा सुन बरामद भएको जानकारी दिएको हो ।

तस्करहरुले तिब्बतसँगको रसुवागढी नाकाबाट ठूलो परिमाणमा सुन भित्र्याएको पाईएपछि प्रहरीले छापा मारेको थियो ।

बरामद सुन मध्ये १५ किलो टोखाबाट र बाँकी अरु ठाउँबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here