कोरोना संक्रमित देशका विभिन्न भागमा फैलिने क्रम बढेसँगै राजधानी काठमाडौमा थप दुई जना कोरोेना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार काठमाडौको पेप्सीकोला टाउन प्लानिड. क्षेत्रको सनसिटी आवासमा बसेका दुई जनामा संक्रमण भएको पुष्टि भएको हो ।

मन्त्रालयले पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका तीन जना कोभिड १९ को शंकास्पदहरूको  बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलामा संक्रमण देखिएकोमा पीसीआरबाट थप परिक्षण गर्दा उनीहरुमा संक्रमण रहेको पुष्टि भएको जनाएको छ । उनीहरुसँगै बस्दै आएका एक जनाको हालको परीक्षणमा कोभिड १९ पोजेटिभ नदेखिएको मन्त्रालयले प्रष्ट पारेको छ । सो आवास क्षेत्रमा बस्ने अन्य व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने निजहरूसंग संलग्नहरूको पहिचान पनि थालिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या १६ पुगेको छ, जसमध्ये एक जनालाई निको भईसकेको अबस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here