देशको कानुन ब्यवस्थालाई ठाडो चुनौति दिदै देशभरका चिकित्सकहरुले अस्पतालका सबै सेवा बन्द गरेर हडतालमा उत्रिएका छन् ।

मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएकोमा बिरोध जनाउँदै चिकित्तसकहरुले सो ब्यवस्था संशोधनको माग गर्दै आन्दोलन थालेका हुन् ।

डाक्टरहरुले सेवा ठप्प पारेपछि देशभरका अस्पतालहरुमा बिहानैदेखि पुगेका बिरामीहरु उपचार नगराई घर फर्कन बाध्य भएका छन् ।

चिकित्सकले लापरबाही गर्दा बिरामीको मृत्यु भएको गुनासो बढेपछि सरकारले नयाँ कानुनमा गल्ति गर्ने चिकित्सकलाई कडा सजायको ब्यवस्था गरेको हो ।

यसरी अत्याबश्यक सेवा बन्द गर्नेलाई कानून अनुसार कडा सजाय हुनसक्ने ब्यवस्था छ । चिकित्सकहरुले आजै आफ्नो डाक्टरी प्रमाण पत्र सरकारलाई फिर्ता गर्ने कार्यक्रम राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here