१० बर्ष अघिदेखि निर्माण सुरु भएको काबेली प्रसारण लाईन निर्माण पुरा नहुँदा त्यस क्षेत्रमा बिद्युत उत्पादन गर्न लागेका आयोजनाका प्रबद्र्धकहरु अन्योलमा परेका छन् ।

१ सय ३२ केभीए विद्युत् प्रसारण लाइन काबेली करिडोरको निर्माण कार्य हालसम्म जम्मा ७० प्रतिशत मात्रै सकिएको छ।

विश्व बैंकको १५ प्रतिशत अनुदान र ६५ प्रतिशत ऋण लगानी सहित ८० प्रतिशत तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको कुल ३ अर्ब ५९ करोडको लागतमा यो आयोजना बि. सं. २०६३ देखि सुरु भएको थियो।

प्रसारण लाईन पुरा नहुँदा त्यस क्षेत्रमा बनिरहेका बिद्युत आयोजनाहरु राष्ट्रिय प्रसारणमा बिद्युत जोड्न नपाएर लामो समय घाटा खानुपर्ने अबस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here