शेयर बजारमा दैनिक कारोबार रकम दुई अर्ब कायम हुन थालेको छ । अघिल्लो दिन दुई अर्ब ६८ करोडको शेयर किनबेच भएकोमा मंगलबार दुई अर्ब १२ करोड रुपैयाँ माथिको किनबेच भयो ।

फागुन ५ गते सोमबार धेरै कम्पनीहरुको शेयर मूल्य बढेर उत्साहजनक कारोबार भएकोमा मंगलबार फाईदा सुरक्षित गर्नेहरु सक्रिय रहँदा धेरैको मुल्य घट्यो । केही बाणिज्य बैंकहरुको शेयर मूल्य बढे पनि धेरै बाणिज्य बैंकहरुको शेयर मूल्य भने पुरानै अबस्थामा पुगेको छ ।

लगानीकर्ताहरुले नाफा भएको शेयर बेच्ने र अर्को कम्पनीको शेयर किन्ने (नेटिङ) गर्दा कारोबार रकम धेरै देखिन गएको छ । अहिलेको बजारमा नयाँ लगानीकर्ताको अर्बौ अर्बको लगानी आईसकेको संकेत भने देखिदैन ।

बाणिज्य बैंक र जलविद्युत कम्पनीहरुमा एक चरण मुल्य बढेपछि अब फेरि पूँजीगत लाभ धेरै पाईने कम्पनीहरुमा अल्पकालीन लगानीकर्ताहरुको चहल पहल बढी हुने देखिन्छ ।

मंगलबार मात्रै शेयर कारोबार खुलेको कालिका लघुवित्त र घलेम्दी हाईड्रोको शेयर किन्नेहरु सयोंको संख्यामा लामबद्ध भए पनि शेयर बिक्रेता उपलब्ध हुन सकेन ।

सूचक १.७७ अंकले बढेर १४०० को बिन्दुमा रहेको छ भने कारोबार रकममा एनआईसी एशिया र एनएमबी बैंकले अग्रता हासिल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here