नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले कारोबार समय थपेर साढे १० बजेदेखि चार बजेर पाँच मिनेटसम्म किनबेच गराएपनि लगानीकर्तामा उत्साह देखिनुको सट्टा पीडा थपिएको छ ।

कारोबार समय थपिए पनि लगानीकर्ता झन् निराश भएर र मूल्य घटेकै अबस्थामा शेयर बेचे । प्रि ओपनिड. समयको केही उपयोग भए पनि चार बजेदेखि चार बजेर पाँच मिनेटबीचको समयको भने कुनै उपयोगिता देखिएन ।

गत बिहीबारको भन्दा कारोबार रकम घटेर २ अर्ब १० करोड बराबरको किनबेच भएको छ भने तीन वटा कम्पनी बाहेक सबैको शेयर मूल्य घट्दा सूचकमा ६४ अंकको गिरावट आएर नेप्से १३१३.०४ विन्दुमा झरेको छ ।

राम्रा कम्पनीको शेयर मूल्य सस्तो भएर पहिलेकै विन्दुमा झरिसकेको छ र छानी छानी सस्तोमा शेयर उठाउनेहरुका लागि अवसर सिर्जना भएको छ । यस्तो बेला नडराई लाभांशमा आधारित रहि संस्ता र राम्रा कम्पनीहरुको शेयर उठाउने हिम्मत गर्नुपर्छ ।

कोरोना सक्रमण र अर्थतन्त्रमा आउने संकटको आँकलन गर्दै बजारमा अनेक हल्ला चलाईए पनि कुन बेलादेखि अहिलेको सस्तो मूल्यमा शेयर किन्न नपाईला भन्न सकिन्न । बजार अझै तल झरेर थप सस्तोमा शेयर किन्ने अवसर पनि आउनसक्छ भन्ने हेक्का राखेर लगानीयोग्य रकम राखिरहनु भने एकदम महत्वपूर्ण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here