कालिका पावर कम्पनीले निष्काशन गरेको १२ लाख कित्ता प्राथामिक शेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले भदौ २८ गतेदेखि छिटोमा असोज १ गते बिक्री बन्द हुने गरी आबेदन खुल्ला गरेको थियो । कम्पनीको आइपीओमा मागभन्दा बढि आवेदन परीसकेकोले आजैबाट शेयर निष्काशन बन्द गर्न लागेको हो ।

यस आइपीओमा सर्बसाधारणले न्युनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म शेयर आबेदन गर्न पाउने छन् ।

काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको कम्पनीको शेयरमा आबेदन गर्न सीआश्वा सेवा अनिबार्य गरिएकाले आफ्नो बैंक खाता रहेको बैंकको शाखा वा मेरो शेयरबाट आबेदन गर्न सकिने छ ।

ईक्रा नेपालले ग्रेड फोर रेटिङ दिएकाले कम्पनीको अवस्था औसत कमजोर देखिन्छ ।

हाल कम्पनीले गोरखामा ६ मेगावाटको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी संचालनमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here